कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलको क्यासिनोमा आगलागी

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरस्थित ओपेरा होटलभित्र रहेको क्यासिनोमा आगलागी भएको छ। बिहीवार बिहान ३ बजे महेन्द्रनगरस्थित ओपेरामा रहेको सिएमजी ग्यामिङ क्लब (क्यासिनो) मा आगलागी भएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आगलागीबाट ८० लाखको क्षति भएको छ।

क्यासिनो भित्रको भवनमा तार सर्ट भएर आगलागी भएको बताइएको छ । उक्त क्यासिनोमा जहाँ केही समय अगाडि लाखौंको तस्करीको विदेशी मदिरा भित्रिने गरेको खुलासा भएको थियो । भारतीय प्रहरीले भारतको खटिमाबाट तस्करी भएर आइरहेको सो क्यासिनोको मदिरा बरामद गरिएको थियो।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...