कञ्चनपुरमा लागूऔषध सहित एक युवक पक्राउ

धनगढी- कञ्चनपुरमा लागूऔषध खैरो हिरोइन सहित प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । भीमदत्त नगरपालिका-४ बसपार्कबाट ३४.१ ग्राम खैरो हिरोइन सहित सोही नगरपालिका-१५ निम्बुखेडा बस्ने ३० वर्षीय भुवन शाहुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा महेन्द्रनगरका प्रहरी वरिष्ठ नायब निरीक्षक केशव राज जोशीको नेतृत्वको टोलीले शाहुलाई पक्राउ गरेको हो । उनको साथबाट नगद ८ हजार रुपैयाँ र मोबाइल समेत बरामद गरिएको छ । शाहुलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Loading...