धनगढीमा ट्याक्टर दुर्घटनामा १ को मृत्यु ११ घाइते

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी– धनगढीमा ट्याक्टर दुर्घटना भएको छ। बिहीवार धनगढी वडा नम्बर १२ जुगेडा बी गाउँमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका हुन् ।

Malpot office dadeldhura

सुदूरपश्चिम प्रदेश ००२ त ५८५२ नम्बरको ट्याक्टर दुर्घटनामा परेर ट्याक्टरमा सवार अन्दाजी ३० वर्षका गोविन्द रानाको मृत्यु भएको छ । भने बाँकी ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी लोकेन्द्र कार्कीले बताए ।

घाइतेहरूको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...