अछाममा ट्याक्टर दुर्घटना

Purbadhar dadeldhura

अछाम- अछाममा ट्याक्टर दुर्घटना भएको छ । अछामको रामारोसन गाउँपालीका–३ सितारपानीमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन् ।

Malpot office dadeldhura

अछामको जैगढबाट बालुवा बोकेर रामारोसन गाउँपालीका तर्फ जाँदै गरेको से १ त ३१४८ नम्बरको ट्याक्टर रामारोसन गाउँपालीका–३ सितारपानीमा दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ ।

ट्याक्टर दुर्घटना हुँदा चालक कैलालीको घोडाघोडी नगरपालीका–९ का कालीचरण चौधरी घाईते भएका छन् । बालुवा बोकेको ट्याक्टर उकालोमा ब्याक भएर पल्टिएको हो । दुर्घटनाको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...