धनगढी- कैलालीका एक युवक हिमाञ्चल प्रदेश भारतको सिमलाबाट घर फर्किने क्रममा बेपत्ता भएका छन् । कैलालीको कैलारी गाउँपालिका–२ उत्तर मझराका २९ वर्षीय कालीचरण चौधरी गत चैत ११ गतेबाट बेपत्ता भएका हुन् ।
गत माघमा दाजु प्यारेलाल चौधरी र बलिराम चौधरीग कालीचरण कामको खोजीमा सिमला पुगेको काली रामका छिमेकी मनोज चौधरीले बताए । चैत ११ गते सिमला बाट घर आउन हिँडेका चौधरी अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् ।

कालो वर्ण, अन्दाजी साढे पाँच फिट उचाइका चौधरीलाई देख्ने जोकोहीले नजिकको प्रहरी कार्यालय तथा मोबाइल नम्बर ९७६६९९२९५४ मा सम्पर्क गरि सहयोग गरि नदिन परिवारका सदस्यले आग्रह गरेका छन् ।
