सुदूरपश्चिमका रानाथारु समुदायले खखडेहरा पर्व मनाउँदै, आज सार्वजनिक बिदा

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

अत्तरिया- सुदूरपश्चिमका रानाथारु समुदायले आज खखडेहरा पर्व मनाउँदै छन् । रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने चलन छ ।

एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् । यसै अवसरमा सुदूरपश्चिममा आज (सोमबार) सार्वजनिक बिदा दिइएको छ । खखडेहराको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...