कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट २ लाख बढीका अवैध सामान बरामद

RBB Bank Suvakamana
Purbadhar dadeldhura

कैलाली– कैलाली र कञ्चनपुरमा २ लाख बढीको अवैध सामान बरामद गरिएका छन् । दुबै जिल्लाका विभिन्न स्थानबाट २ लाख २२ हजार ३६ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएका प्रहरीले जनाएको छ ।

Malpot office dadeldhura

कैलालीको धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिक, धनगढी-३ चटकपुर र भजनी नगरपालिका-७ हलुनाघाट बाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ७ हजार ३६ मूल्यको प्याज, चिनी, खाने तेल, चप्पल, साबुन, सुपारी, स्प्रे पेन्ट, मोबिल लगायतका सामान आइतबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका-४ संविधान चोक, भीमदत्त-१० सुकासाल, बेलौरी नगरपालिका-६ नकैया र दोधराचाँदनी नगरपालिका-७ बाबाथान बाट भारतबाट भन्सार छली ल्याएका १ लाख १५ हजार मूल्य बराबरको प्याज, मिश्री, दाल, मैदा, साइकल ४ थान लगायतका सामान आइतबार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...