कैलालीको अत्तरियामा रमजान पर्वको अबसरमा शुभकामना आदानप्रदान

अत्तरिया- कैलालीको अत्तरियामा रमदान (रमजान) महिना सकिएको खुसियालीमा मुस्लिम समुदायले एक-अर्कामा शुभकामना साटासाट गरी रमजान पर्व मनाएका छन ।

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँको प्रमुख आतिथ्यमा संचालित कार्यक्रमका बिशिष्ट अतिथिमा सुदूरपश्चिम प्रदेश सांसद तुल्सी देवकोटा, गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र, पूर्व सामाजिक विकास मन्त्रि कृष्णराज सुबेदी, नेपाली कांग्रेस क्षेत्र न ४ का सभापति बसन्त रोकाया लगायत बुद्धिजिबि, सामाजिक ब्यक्तित्व, मुस्लिम समुदायका सदस्यहरुको उपस्थिति रहेको थियो । इस्लाम धर्मालम्बी (मुस्लिम समुदाय) को मूख्य पर्व रमजान मुबारकको अवसरमा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले शुभकामना ब्यक्त गरेका छन ।

गोदावरी नगरपालिका वडा न. १ मा आयोजित मुस्लिम समुदायको कार्यक्रम मार्फत रमजान पर्वले सबै जात, जाती, भाषा, भाषि, समुदाय बीचको भाइचारा, एकता कायम गर्न सबैमा प्रेरणा प्रदान गर्ने विश्वास रहेको समेत बताएका छन ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुख प्रमुख अतिथि हुदै गर्दा प्रदेशको राजधानी तोकिएको ६ बर्ष कट्दा नि केही उपलब्धि नभएको र छिट्टै तोकिएकै स्थान गोदावरी नगरपालिका भित्र प्रदेश राजधानी स्थापना गर्न दबाबका लागि नगर प्रमुख भट्टले बोलेका छन ।

कार्यक्रमका प्रमुख अतिथि मियाँले गैर मुस्लिम समुदायले पनि रमजान पर्ब मनाउन सरिक हुनु भएकोमा धन्यवाद सँगै यसरी नै बिभिन्न जातजारी धर्म संस्कृत सदैध राखि राख्न समेत सुझाव दिएका छन ।

रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तराबीको नमाज पढ्ने गरिन्छ । तराबी भनेको कुरान पूरै कण्ठस्थ भएको धर्मगुरु हाफिजले पढाउने विशेष नमाज हो । हाफिजले यो महिनामा ३० खण्डमा रहेको कुरान तरावी पढ्ने नमाजीलाई नमाज मार्फत सुनाउनुपर्छ ।

झूटो नबोल्नु, शान्तिले बस्नु र गरिब तथा दीनदुःखीलाई दान र दया गर्नु यो पर्वको विशेषता हो । रमजान महिना गरिब, दिनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन् ।

यस महिनामा प्रत्येक मुसलमानले जनही एक किलो ७५० ग्राम गहुँ वा सो बराबरको मूल्य फित्तरा निकाल्नुपर्छ भने वर्ष भरिको आमदानी र सम्पत्तिबाट अढाइ प्रतिशत जकात (कर) निकाल्नु पर्छ, यस्तो फित्तरा र जकात गरिब, असहाय, दिनदुःखी मस्जिद वा मदरसामा इदको नमाज पढ्नु भन्दा अगावै दिनु पर्ने मान्यता छ । रमजानको अन्तिम दिन चन्द्रमा हेरे सँगै भोलिपल्ट इदुलफित्र इद मनाइन्छ ।

Loading...