कैलाली र कञ्चनपुरबाट अवैध सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहधनगढी–९ त्रिबेणीघाटबाट प्रहरीले करिब ३० हजार ६६० मुल्यका अवैध सामान बरामद गरेको हो । प्याज, चिनी, सुर्ती, बिडी, सरफ, प्लाष्टिक झिल्ली, सुट, चक्लेट, मसला, लगायतका सामान शनिबार प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

उता कञ्चनपुरको भीमदत्त नगरपालिका–६ शान्ति निकेतन स्कुल नजिक, भीमदत्त नगरपािलका–११ चौकीसत्ता र बेलडाँडी गाउँपालिका–३ राधाकृष्ण मन्दिर नजिकबाट पनि प्रहरीले अवैध सामान बरामद गरेको छ ।

करिब एक लाख ५९ हजार मुल्यको तरकारी, गाडीको स्प्रे, ब्लाउजको कपडा, काजु, पापड, किरानाका सामान, हार्डवेयरका सामान, बोईलर कुखुरालगायतका अवैध सामान शनिबार प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।

Loading...