Division ban Pahalmanpur

विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको शुक्लाफाँटामा गणना तथा अनुगमन सुरु

Sostya office Dadeldhura
Purbadhar dadeldhura

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको गणना तथा अनुगमन सुरु गरिएको छ । निकुञ्जले कर्मचारी परिचालन गरेर बाह्रसिङ्गाको अनुगमन तथा गणना कार्य अगाडि बढाएको हो ।

‘हेड काउन्ट’ र ‘ट्रान्जिट लाइन’ गरी दुई विधिबाट अनुगमन तथा गणना भइरहेको निकुञ्जका सूचना अधिकारी मनोज ऐरले जानकारी दिए । उनका अनुसार निकुञ्जमा एक दशक अघिदेखि वन्यजन्तु सप्ताहको अवसर पारेर बाह्रसिङ्गाको गणना हुँदै आएको छ ।

“पैदल हिँडेर र गाडी चढेर अनुगमनको कार्य हुन्छ”, ऐरले भने, “पहिलोपटक ड्रोन उडाएर बाह्रसिङ्गा अनुगमन गरिरहेका छौँ ।” हेडकाउन्टका लागि प्रत्यक्ष रूपमा अवलोकन तथा वाइनाकुलर र टेलिस्कोपको प्रयोग गरी अनुगमन भइरहेको उनको भनाइ छ । “एक/दुई दिनको फरकमा पाँचदेखि सात पटक अनुगमन गछौँ”, उनले भने, “हेड काउन्टको काम पनि त्यति नै पटक हुन्छ ।”

Malpot office jogbudha

बाह्रसिङ्गाको अनुगमनका लागि शुक्लाफाँट, करैया, लालपानी, भतपुरी फाँटा छनौट गरिएको छ । योसँगै घाँसेमैदान रहेको फायरलाइनहरुमा पनि अनुगमन हुने निकुञ्जका सूचना अधिकारी ऐरले बताए । बाह्रसिङ्गाको सबैभन्दा ठूलो झुण्डको बासस्थान निकुञ्जको शुक्लाफाँट घाँसेमैदानमा रहेको भन्दै उक्त मैदान ५४ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको उनले जानकारी दिए ।

सो मैदानमा एक हजार पाँच सय बढी बाह्रसिङ्गाको झुण्ड एकै ठाउँमा रहेको ऐरले बताए । उनका अनुसार ट्रान्जिट लाइन विधिबाट अनुगमनका लागि जेडएसएल नामक संस्थाले सहयोग गरिरहेको छ ।

“ड्रोन उडाएर अनुगमन गर्दा सबैभन्दा पहिला बाह्रसिङगाको तस्बिर लिने काम हुन्छ । कम्प्युटरको माध्यमबाट तस्बिरमा भएको सङ्ख्या यकिन गरिन्छ”, सूचना अधिकारी ऐरले भने, “त्यसपछि पोथी, भाले, वयस्क, बच्चा कति छन् भनेर विवरण तयार गछौँ  ।” बासस्थान सुधारका लागि प्रत्येक वर्ष घाँसेमैदान व्यवस्थापनको कार्य हुँदै आएकाले बाह्रसिङ्गाको अवस्था सन्तोषजनक रहेको उनको भनाइ छ ।

ऐरका अनुसार सन् २०२२ मा गरिएको अनुगमनमा निकुञ्जमा दुई हजार तीन सय १३ बाह्रसिङ्गा थिए । “भालेको तुलनामा पोथीको सङ्ख्या बढी, बुढो भन्दा वयस्क र बच्चाको सङ्ख्या अधिक भए राम्रो मानिन्छ”, उनले भने, “यस वर्षको अनुगमनमा त्यसबारे पनि अध्ययन र अनुसन्धानमा जोड दिएका छौँ ।”

घाँसेमैदानमा झुण्डमा रहने बाह्रसिङ्गा पर्यटकको मुख्य रोजाइमा पर्ने गरेका छन् । मौसमअनुसार बाह्रसिङ्गाले रङ्ग र सिङ फेर्ने गर्दछ । निकुञ्जको तीन सय पाँच वर्ग किलोमिटर क्षेत्रभित्रका घाँसेमैदान बाह्रसिङ्गाको बासस्थानका रूपमा रहेको निकुञ्ज कार्यालयले जनाएको छ । रासस

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...