किसानका गुनासो सुन्न सातै प्रदेशमा फोकल पर्सन तोक्न सरकारको निर्देशन

किसानले अनुदानको रासायनिक मल प्राप्त गर्दा भोग्दै आएका समस्या तथा गुनासोको शीघ्र समाधानका लागि सरकारले सातै प्रदेशका सम्बन्धित मन्त्रालयमा ‘सम्पर्क व्यक्ति’ (फोकल पर्सन) तोक्न निर्देशन दिएको छ।

कृषि, वन तथा वातावरण मन्त्रालयले जारी गरेको परिपत्रमार्फत प्रदेशका कृषि तथा सहकारी क्षेत्र हेर्ने मन्त्रालयहरूलाई एक जना जिम्मेवार सम्पर्क व्यक्ति तोकी विवरण सार्वजनिक गर्न आग्रह गरेको हो। मन्त्रालयका अनुसार अनुदानको मल वितरणलाई थप प्रभावकारी, व्यवस्थित र पारदर्शी बनाउन यो व्यवस्था लागू गरिएको हो।

Navadurga sun

‘अनुदानको मल वितरण व्यवस्थापन कार्यविधि २०८२’ अनुसार प्रदेश मन्त्रालयहरूले मल व्यवस्थापन तथा वितरणको अनुगमन गर्ने भएकाले सचिवस्तरीय निर्णयमार्फत फोकल पर्सन तोक्न निर्देशन दिइएको हो।

तोकिएका व्यक्तिको विवरण सम्बन्धित मन्त्रालयको वेबसाइटमा सार्वजनिक गर्नुपर्ने र संघीय मन्त्रालयलाई समेत जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ। मन्त्रालयले यस कदमले किसानका गुनासो सम्बन्धित निकायसम्म सहज रूपमा पुग्ने र समयमै समाधान खोज्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...