सुदूरपश्चिमको दुई जिल्लाबाट ३ लाख बढीका सामान बरामद

धनगढी- सुदूरपश्चिमको दुई जिल्लाबाट ३ लाख बढीका सामान बरामद गरिएको छ । कैलालीको धनगढी उपमहानगरपालिका-२ ट्राफिक चौराह नजिक, टीकापुर नगरपालिका-७, ८ सोनाफाटा स्थित भित्री सडक खण्डबाट र भजनी नगरपालिका-५ कौवाखेडा स्थित झुलङ्गे पुल नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको हो ।

उक्त स्थानबाट ६१ हजार ३५ बराबरको प्याज, चिनी, बिडी, सुर्ती, गुट्खा, प्लास्टिक झिल्ली, मैदा, स्याम्पु, पेय पदार्थ, साइकलको ट्युब लगायतका सामान बिहीवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Navadurga sun

उता कञ्चनपुरको बिभिन्न स्थानहरू, भीमदत्त नगरपालिका-४ सब्जीमण्डी, बसपार्क र  भीमदत्त-१० बिद्युत कार्यालय नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका २ लाख ४३ हजार १९५ मूल्यको सामान बरामद गरिएको छ ।

उक्त मूल्य बराबरको चिनी, मिश्री, कुर्ती, सुट, मोबिल, ग्रिस, जुत्ता, दुध पाउडर, मेहेन्दी, बदाम पाक, रोगम बदाम, नारी सुधा, गोल्डेन धुप, भेष्ट, गुलाब जल, हर्बल, सिलाजित, दाल, गाजर, भिण्डी, सिमला मिर्चा, फर्सी, माछा लगायतका सामान बिहीवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

ADD Khali jpg
ADD Khali jpg
Loading...