अत्तरिया– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कैलालीको अत्तरियामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार पार्टीका कैलाली क्षेत्र नम्बर ४ को आयोजनामा क्षेत्रिय अध्यक्ष प्रेम बहादुर बोगटीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि प्रदेश अध्यक्ष धर्मराज जोशी रहेका थिए ।
एक दिने प्रशिक्षण उक्त कार्यक्रममा जिल्ला अध्यक्ष होम बहादुर गुरुङ, प्रदेश सभा सदस्य खेमा देवी विष्ट लगायत कार्यकर्ताको उपस्थिति रहेको थियो ।