त्रिनगर नाका भएर आउने ३८ जनामा देखियो कोरोना संक्रमण

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- नेपाल-भारत सीमानाका त्रिनगर स्थित हेल्थ डेस्कमा गरिएको परीक्षणमा चैत महिना देखि दिनहुँजसो कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको देखिएको छ । चैतको दोस्रो साता बुधबारसम्म सङ्क्रमितको संख्या ३८ पुगेको छ । संक्रमितहरू मध्ये अधिकांशमा सामान्य खालको रुघाखोकी र ज्वरोको लक्षण मात्र देखा परेको हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरूले जानकारी दिएका हुन् ।

‘नयाँ वर्ष नजिकिँदै जाँदा कामको खोजीमा भारत पसेकाहरूको घर फर्कने क्रम बढ्न थालेको छ,’ सीमाको त्रिनगर हेल्थ डेस्क प्रमुख गणेश साउदले भने, ‘घर फर्कनेहरूको संख्या बढेसँगै दिनहुँ २/३ जनामा कोरोना संक्रमण देखा पर्न थालेको छ । चैत महिनामा मात्रै बुधबार १४ गतेसम्म भारतबाट घर फर्कने रुघाखोकी र ज्वरो आएका शंकास्पद व्यक्तिहरूमध्ये ९९० जनाको परीक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण देखा परेको डेस्क इन्चार्ज साउदले जानकारी दिए ।

Malpot office dadeldhura

‘पछिल्लो ६ महिनामा पहिलो संक्रमित केस गत पुस ३ गते देखा परेको हो, संक्रमित भारतको बेंग्लुरुबाट घर फर्केका थिए,’ साउदले भने, ‘त्यतिबेला भारतको दक्षिणी तथा पश्चिमी क्षेत्रका सहरहरू बेंग्लुरु, चेन्नई, हैदराबाद, सुरत लगायतमा कोरोना संक्रमण देखा परेको थियो । तिनै सहरबाट फर्कनेहरूमा सुरुमा फाट्टफुट्ट संक्रमण देखा परेको भए पनि हाल आएर संक्रमण बढन थालेको हो ।’

हेल्थ डेस्कका स्वास्थ्यकमीहरूका अनुसार सुदूरपश्चिममा भारतसँग सीमा जोडिएका ४ प्रमुख नाकाहरू कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाटमा कोरोनासँगै अन्य संक्रामक रोगहरुको परीक्षण हुने गरेको छ । कोरोना महामारी फैलिएको अवस्थाको जस्तो भयावह स्थिति हाल नरहेको, रोगको लक्षण सामान्य रहेको, स्वदेश र विदेश जताततै कोरोना रोकथामको प्रभावकारी भ्याक्सिनेसन सम्पन्न हुनुले कोरोना संक्रमण देखिए पनि जोखिमपूर्ण नरहेको चिकित्सकहरू बताउँछन् । तर पनि संक्रमण पुष्टि भएकाहरूले भने सतर्कता अपनाउनैपर्ने उनीहरू बताउँछन् ।

‘संक्रमण देखिएकाहरूलाई शारीरिक अवस्था जटिल भएमा आइसोलेसनमा रहन र स्वास्थ्य संस्थामा तत्काल सम्पर्क गर्न परामर्श दिने गरेका छौँ,’ त्रिनगर हेल्थ डेस्कका इन्चार्ज साउद भन्छन्, ‘हालसम्म सीमामा देखा परेका केसहरूमा कुनै नयाँ जोखिमपूर्ण भेरियन्ट फेला नपरेको केन्द्रीय प्रयोगशालामा गरिएको परीक्षणबाट समेत पुष्टि भएको छ ।’ सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट कामको खोजीमा भारतका विभिन्न सहर पस्नेहरू अधिकांश कैलालीको त्रिनगर गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका प्रयोग गर्दै आएका छन । खेतीपाती लगाउने काम सकेर भारत पस्ने उनीहरू प्रायः चाडपर्वका बखत घर फर्कने गरेका छन् । कान्तीपुरबाट

add haru
Dadeldhura Aspatal & Ban
Loading...