ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका ५ जनाको सामूहिक अन्त्येष्टि

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

अछाम- अछाममा भएको ट्याक्टर दुर्घटनामा परी ज्यान गुमाएका ५ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । जिल्लाको मेल्लेख गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनाका मृतक ५ जनाको आज बिराघाटमा अन्त्येष्टि गरिएको हो । चैत १२ गते सोमवार मेल्लेख गाउँपालिका–७ नन्देगडाको सुयडामा सुदूरपश्चिम प्रदेश ०१००२ त ४९७९ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।

दुर्घटनामा मेल्लेख–१ ऋषीदहका ५५ वर्षीय रंग धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नर बहादुर धामी, १५ वर्षीय जनक धामी र २१ वर्षीय जनक धामीको मृत्यु भएको थियो । उनीहरू साँफेबगरमा विभिन्न निर्माणाधीन संरचना बनाउने साइटमा मजदुरी गर्न जाँदै थिए । प्रहरीले ट्याक्टर एक्कासी अनियन्त्रित भई दुर्घटना हुन पुगेको बताएको थियो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...