खप्तडमा साइकल यात्रा गरिने

कैलाली- सुदूरपश्चिम प्रदेशको धार्मिक तथा ऐतिहासिक पर्यटकीय गन्तव्यका रूपमा परिचित खप्तडमा साइकल यात्रा गरिने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका अनुसार खप्तड क्षेत्रको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका लागि साइकल यात्रा गरिने भएको भएको हो ।

खप्तड क्षेत्रमा साइकल यात्राका लागि आवश्यक तयारी अघि बढेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका निमित्त प्रमुख डबलबहादुर बोहराले बताए। आगामी वैशाख भित्रै साइकल यात्रा गर्ने गरी तयारी अघि बढिरहेको उनले बताए। खप्तडको पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसार गर्न साइकल यात्राका लागि चालु आर्थिक वर्ष २०८०/०८१ मा १० लाख बजेट विनियोजन गरिएको निमित्त प्रमुख बोहराले बताए ।

Navadurga sun

सो साइकल यात्रा डडेल्धुरा देखि खप्तडको त्रिवेणी धाम सम्म गरिने योजना रहेको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले जनाएको छ । साइकल यात्रामा सहभागी हुन चाहने व्यक्तिलाई कार्यालयको समन्वयमा ल्याउने काम भइरहेको बोहराको भनाइ छ । यसैगरी प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयले चालु आर्थिक वर्ष २०८०/०८१ मा पर्यटकलाई लक्षित गर्दै खप्तडमा बीचपानी – त्रिवेणीधामसम्म चार दशमलव पाँच किलोमिटर पदमार्ग निर्माण गर्न ९९ लाख ९९ हजार छ सय ७५ बजेट विनियोजन गरी ठेक्का सम्झौता भइसकेको जनाइएको छ ।

सो कार्यका लागि कार्यालयले बोलपत्र आह्वान गर्दा ३८ लाख ५८ हजार छ सय ६८ दशमलव आठमा अपी सैपाल मार्मा कन्स्ट्रक्सन एन्ड सप्लायर्स मार्मा दार्चुलासँग ठेक्का सम्झौता गरिएको छ । खप्तडमा पर्यटकका लागि खाने बस्नेलगायत आवश्यक पूर्वाधार निर्माण सहितको सुविधा दिनसके आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि मात्र नभई प्रदेशको आर्थिक गतिविधिमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ । समुद्र सतहबाट तीन हजार मिटर उचाइमा रहेको खप्तड २ सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सो क्षेत्रमा २२ वटा पाटन र ५३ वटा थुम्का रहेको जनाइएको छ । खप्तड बझाङ, बाजुरा, डोटी र अछामको सङ्गम स्थलका रूपमा रहेको छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...