प्रदेशमा पनि सत्ता गठबन्धनलाई समर्थन गर्ने नाउपाको रञ्जिता पक्षको निणर्य

धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले एमाले-माओवादी र रास्वपा सहितको गठबन्धनलाई समर्थन गर्ने निणर्य गरेको छ । बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निणर्य गरेको हो ।

Dadeldhura hospital

संस्थापक केन्द्रीय सदस्य रमेश बिकले सबै तहको सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर अघि बढ्ने निणर्य गरेको जानकारी दिए । नाउपाका संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका मेयर रामलाल डंगौराका अनुसार यो निणर्य सँगै नयाँ गठबन्धन सँग वार्ता गर्ने र सोही अनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निणर्य भएको छ । २१ जना केन्द्रीय सदस्य मध्ये बैठकमा १२ जना सहभागी थिए ।

Navadurga sun
Godawari sandesh

प्राविधिक समस्याका कारण केही केन्द्रीय सदस्य बैठक सहभागी हुन नसकेको बिक बताउँछन् । बैठकमा सुदूरपश्चिमका ७ जना सांसदहरु मध्ये पूर्वराज्यमन्त्री कैलाश चौधरी, विना विभागीय मन्त्री लक्ष्मण किशोर चौधरीको मात्रै सहभागिता रहेको थियो । यसैगरी संस्थापक रेशम चौधरी पनि सहभागी थिएनन् उनी कार्यक्रमका लागी जापानमा रहेका छन् ।

यस अघि नाउपाका संरक्षक रेशमलाल चौधरी पक्षीय संस्थापक केन्द्रीय सदस्यको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निणर्य गरेको थियो तर अध्यक्ष श्रेष्ठले भने प्रचण्डलाई विश्ववासको मत दिन ह्ववीप लगाएकी थिइन् । सुदूरपश्चिम प्रदेशमा संरक्षक रेशम लाल चौधरीको जोडबलमा नाउपाका पाँच जना सांसद कांग्रेस नेतृत्वको सरकारमा मन्त्री बनेका छन् । अध्यक्ष श्रेष्ठले समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेश संसदीय दलले भने मुख्यमन्त्री कमल बहादुर शाहलाई नै समर्थन गर्ने निणर्य गरेको थियो ।यो सँगै सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहको पद धरापमा परेको छ ।

Loading...