कञ्चनपुरमा कुहिएको अवस्थामा शव फेला

कञ्चनपुर- कञ्चनपुरमा कुहिएको अवस्थामा शव फेला परेको छ । महेन्द्रनगरको खुला मञ्चको पछाडी एक पुरुषको शव फेला परेको हो ।

प्रहरीका अनुसार खुला मञ्चको पर्खाल पछाडी भीमदत्त नगरपालिकाले सब्जीमन्डी व्यवस्थापनका लागि बनाएको नयाँ भवन संरचनाको पछाडीको रुखसँग टासिएको अवस्थामा शव फेला परेको छ । शव कुहिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । अहिले सम्म शवको पहिचान खुलेको छैन । 

Loading...