कैलालीमा लुकाई–छिपाई राखेको अवस्थामा अवैध काठ बरामद
धनगढी- कैलालीमा लुकाई–छिपाई राखेको अवस्थामा अवैध सालको काठ बरामद गरिएको छ । कैलारी गाउँपालिका-७ हुलाकी सडक स्थित २ वटा राँगा गाडामा सालको गोलिया २ थान (५३ क्युफिट) अबैध काठ र सोही ठाउँको साहारा सामुदायिक वन भित्र लुकाई–छिपाई राखेको अवस्थामा सालको गोलिया २ थान (४० क्युफिट) सोमवार बरामद गरिएको हो ।
ईलाका प्रहरी कार्यालय रामपुर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारि राँगा गाढा र उक्त काठ आवश्यक कारवाहीको लागि इलाका वन कार्यालय बसन्ताको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।