


धनगढी- कैलालीको चिसापानी स्थित कर्णाली नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन् । सोमवार जिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका हुन् ।


नदीमा हाम फाल्नुको कारण भने खुलेको छैन् । तर बेपत्ता शाहीको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



