अछामको मेल्लेखमा टयाक्टर दुर्घटना हुदाँ ५ जनाको मृत्यु, ३ घाईते

RBB Bank Suvakamana
Purbadhar dadeldhura

अछाम- अछामको मेल्लेख गाँउपालिकामा टयाक्टर दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ । अछामको मेल्लेख गाँउपालिका वडा नम्बर ७ नन्देगडाको सुयडीमा टयाक्टर दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ ।३ जना घाईते भएका छन् ।

Malpot office dadeldhura

मृत्यु हुनेमा मेल्लेख गाँउपालिकारिसिदहका ५५ बर्षीय रंग धामी,सोही ठाउँकै ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरव धामी, १५ वर्षीय जनक धामी र सोही ठाउँकै २१ बर्षीय जनक धामी रहेका छन् ।

यस्तै घाईते भएका ३ जनामा सोहीकै लाल बहादुर धामी, हंस धामी र एक नाम नखुलेको बालक रहेका छन् ।षोडशाबाट साँफेबगर तर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको मेल्लेख प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक नरेन्द्र बहादुर खड्काले जानकारी दिए ।घाईते ३ जनालाई उपचारको लागि बयालपाटा अस्पताल पठाईको उनले जानकारी दिएका छन्। घट्नाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...