सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा उन्मुक्ति

धनगढी- सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका नेताहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको जनाएका छन् । हिजो कैलालीमै भएको एक रात्रि कालिन बैठकमा समर्थन फिर्ताको छलफल भएको बताइएको छ ।

सो छलफलमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भएको नाउपाका एक नेताले जानकारी दिए । नाउपाका नेता तथा प्रतिनिधि सभा सदस्य अरुण चौधरी, वर्तमान प्रदेश सरकारका विना विभागीय मन्त्री लक्ष्मण किशोर चौधरी, प्रदेश सभा सदस्य कैलाश चौधरी, केन्द्रीय सदस्य महेन्द्र उपाध्याय, नाउपाका कैलाली सचिव भक्त चलाउने, नाउपाबाट निर्वाचित जोशीपुर गाउँपालिका अध्यक्ष चित्र चौधरी लगायतका विचका प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल भएको ती नेताले बताए।

Navadurga sun

उनका अनुसार १४ गते समर्थन फिर्ता लिने निर्णय गर्ने विषयमा छलफल भएको हो। स्रोतका अनुसार केन्द्रमा भागबन्डा टुंगो लाग्नासाथ प्रदेशमा समर्थन फिर्ता हुने निर्णय हुने छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नाउपालाई सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दिएर पनि सरकारमा सहभागी गराउन चाहन्छन् ।हिजोमात्रै प्रचण्डले यस प्रस्तावबारे पार्टी अध्यक्ष रन्जिता श्रेष्ठलाई पनि जानकारी गराइसकेका छन् ।

हालका नेपाली काङ्ग्रेसका मुख्यमन्त्री अल्पमतमा छन् नाउपा सहितले समर्थन नगरे उनको सरकार ढल्ने छ। ‘अब मुख्यमन्त्री सहितका विषयमा गठबन्धनको बैठकले निर्णय गर्छ’ ती नेताले भने, ‘त्यसपछि केन्द्रको समीकरण अनुसार प्रदेशमा पनि नयाँ सरकारको गृहकार्य सुरु हुन्छ ।’ हिजो दिउँसो राजकाँडा पुगेका नाउपका मन्त्री सहितका नेता राती त्यहीँ बसेका थिए ।यता सो विषयमा बुझ्दा नेता लक्ष्मण किशोर चौधरी, कैलाश चौधरी, प्रतिनिधि सभा सदस्य अरुण चौधरीको फोन उठेन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...