


कैलाली- कैलालीको घोडाघोडी स्थित एक घरमा आगलागी भएको छ। कैलालीको घोडाघोडी नगरपालिका-८ जडै बस्ने प्रेम बहादुर नेपालीको घरमा बिजुलीको तार सर्ट भएर शनिवार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ ।


आगलागी हुँदा घरभित्र रहेका काठपात, लत्ताकपडा, अन्नपात र भाडाबर्तन गरी अन्दाजी १ लाख ५० पचास हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





