होली तथा देउडा कार्यक्रम सम्पन्न  

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका १ बनखेतमा होली तथा देउडा कार्यक्रम सम्पन्न भएको छ । अछाम बैजनाथ सेवा समाज गोदावरी कैलालीको आयोजना चैत ९ गते देखि बनखेतमा रहेको शिव मन्दिरमा सुरु भएको सुदूरपश्चिम को मौलिक पर्व होली को अवसरमा होली तथा देउडा कार्यक्रम शनिबार सम्पन्न गरिएको हो ।  

असत्य माथि सत्यको विजयको अवसरमा सैयौँ वर्ष देखि मनाउँदै आइरहेको होली पर्व सुदूरपश्चिमका बिभिन्न स्थानहरूमा फरक फरक ढंगबाट मनाउने गरिन्छ । सुदूरपश्चिममा हराउँदै गएका होली, पुतला, भुवा, गौरा, डेउडा आदि पर्वहरू संरक्षण गर्नु, भोलि का सन्ततिहरुलाई हस्तान्तरण गर्न अछाम बैजनाथ सेवा समाज ले यस्ता कार्यक्रमहरू गर्दै जाने बताएको छ ।

त्यसै अनुरूप शनिबार शिव मन्दिरमा पनि होली तथा देउडा कार्यक्रम मनाएको सेवा समाजका अध्यक्ष करण सिंह बोहराले बताए । हरेक वर्ष फागुन चैतमा एक अर्कालाई रङ्ग लगाएर रमाइलो गर्ने होली पर्व यस वर्ष चैत ११ गते पहाडी भूभागमा र १२ गते तराईमा मनाइने छ । अरु ठाउँमा पनि होली मनाउनु पर्ने भएकोले २ दिन अघि नै शिव मन्दिरमा होली मनाइएको हो ।

अछाम बैजनाथ सेवा समाज जस्तै अरु ठाउँहरू तथा सुदूरपश्चिमका संस्कृतिहरू जगेर्ना गर्नका लागी सबैले लाग्नु पर्ने देखिन्छ । संस्कृतिलाई जगेर्ना न गरे हाम्रा भावी संततिहरुलाइ होली, गौरा, पुतला, भुवा, फाग आदि कुन चराको नाम हो भनेर थाहा नै नहुने बताए ।

Loading...