धनगढीबाट एक फरार दोषी महिला पक्राउ

धनगढी- कैलालीको धनगढीबाट एक फरार दोषी महिला पक्राउ परेकी छन्। प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–३ की ३५ वर्षीया सिन्धु भट्ट पक्राउ परेकी हुन्।

जिल्ला अदालत, कैलालीको बैङ्किङ कसुर मुद्दामा २ वर्ष कैद सजाय ठहर भएकी भट्टलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले भट्टलाई बिहीबार पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि अदालतमा पेस गरिएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...