अछामको ढकारी र मेल्लेख गाउँपालिकाका २ घरमा आगलागी

अछाम- अछामको ढकारी गाउँपालिका र मेल्लेख गाउँपालिकामा आगलागी भएको छ । बुधबार बिहान अछामको ढकारी गाउँपालिका र मेल्लेख गाउँपालिकाका एक एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामले ढकारी गाउँपालिका वडा नम्बर-४ बालाताको अडी खर्कमा रहेको पहले टमट्टाको घरमा आज बिहान आगलागी भएको जनाएको छ । प्रहरीका अनुसार आगलागी हुँदा घरमा रहेको एक तोला सुन, डेढलाख नगद रुपैया, भाडाकुडा, खाद्यान्न सबै जलेर नस्ट भएको छ ।

घर भित्र डोकोमा राखेका बाख्राको पाठाले डोका ढलाई दिएपछि आगोमा परेको डोकाबाट आगो शल्कीदा आगलागी भएको प्रहरीको भनाई छ । यस्तै मेल्लेख गाउँपालिका-४ काका कणर् बहादुर साउदको घरपनि आगलागी भएको छ । साउदले खाना पकाउँदा पेट्रोल खसेर आगोमा पोखिदा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा परी साउँद जलेर घाइते भएका र उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको छ ।

Loading...