अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वार्ड नं. ४ को निर्माणाधीन कार्यालय भवनको सम्पूर्ण निमार्ण कार्य पुरा भएको छ । बि.सं. २०८० आषाढ महिनामा निर्माण कम्पनी पि के कन्ट्रक्सन धनगढी सँग भवन निर्माण सम्झौता भएको थियो । भवनको लागत मुल्य ८७ लाख रहेको छ । यहि २०८० चैत्रमा निर्माण कार्य पुरा भएको हो । बिचमा ६ महिना काम रोकिएको थियो ।
एक चोटि भवन निर्माण स्थलको स्थान बारे बिबाद भएको र पछि सबै को सहमति मा गोदावरी न.पा. ४ खैराना नर्सरी मै कार्यालय भबन निर्माण गर्ने सहमती भएको थियो । अहिले सम्म आफ्नो भवन नभएको ले बडा नं ४ को कार्यालय भवन भाडाको भवनमा संचालन गर्नु परि रहेको छ । अब वडा नं ४ को आफ्नै भवन निर्माण भएको हुँदा शुभ साइतमा आफ्नै भबन बाट सेवा प्रदान गरिने वडा नं ४ का वडा अध्यक्ष हेम प्रकास मल्लले बताए । उनले नयाँ बर्षमा शुभ साइत पर्ने भएकोले नयाँ बर्षमा आफ्नै भबन बाट सेवा सुविधा दिइने बताएका हुन् । यो स्थान ४ नं. कै बहुसंख्यक जनताहरूलाई पाइक पर्ने ठाउमा छ ।
वडा नं. ४ को भुभाग मा चुरे पहाडि छेत्र मा पनि रहेको र ठुलो भुभाग रहेकोले त्यहाँ का जनताहरु लाई पनि यो भवन को बिकल्प नरहेको बताइन्छ । बैसाख बाट वडा नम्बर ४ ले तिर्नु पर्ने भाडा रकम बच्ने छ ।