Division ban Pahalmanpur

कैलालीमा खैरो हेरोईन सहित ४ जना पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलालीमा ४ जना लागूऔषध (खैरो हेरोईन) सहित पक्राउ परेका छन् । कैलालीको लम्कीचुहा र गोदावरी नगरपालिकाबाट लागूऔषध (खैरोहेरोईन) सहित ४ जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

Malpot office jogbudha

प्रहरीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिका १ लम्की चोकबाट ४ ग्राम ५५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित सोही ठाउँका ३० वर्षका दिनेश साँउद, २१ वर्षका जनक बिक र लम्कीचुहा १ कै ३० वर्षीय प्रकाश बिकलाई टिकापुर रोडबाट ८२० मिलिग्राम लागूऔषधसहित पक्राउ गरेको हो । यी तीनै जनालाई ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले सोमवार राति पक्राउ गरेको बताएको छ ।

यस्तै कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरिया स्थित पहाड रोडबाट ४० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित एक जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका वडा नम्बर ११ का २५ वर्षीय मनोज बडैला सोमवार साँझ पक्राउ गरेको छ । लागूऔषध सहित पक्राउ परेका बडैलासहित चार जनामाथी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...