एमाले कञ्चनपुर अध्यक्षमा लक्ष्मी बुढा सर्व सम्मत

RBB Bank Suvakamana
Purbadhar dadeldhura

कञ्चनपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले) कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनबाट लक्ष्मी बुढा अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । यस अघि कार्यवाहक अध्यक्ष रहेकी बुढालाई नवौँ अधिवेशले सर्वसम्मत अध्यक्ष बनाएको हो ।

Malpot office dadeldhura

एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अध्यक्ष सहित पदाधिकारीहरूले सोमबार राति पद तथा गोपनियताको शपथ लिएका छन् । निर्वाचनका बेला बनाइएको अध्यक्ष मण्डलले पदाधिकारीमा आकाङ्क्षी सबै उम्मेदरवारसित छलफल गरेर जिल्ला नेतृत्व सहित पदाधिकारी सर्वसम्मत निर्वाचित गरेको हो ।

त्यस अवसरमा अध्यक्ष ओलीले पार्टीको ‘मिसन–८४’ का लागि जिल्ला नेतृत्वलाई केन्द्रित गर्न निर्देशन दिए । सबैले पार्टीलाई बलियो बनाउन जोड दिनुपर्ने बताउँदै उनले गुटबन्दीबाट मुक्तभएका काम गर्न आग्रह गरे । गत बिहीबार नवौँ जिल्ला अधिवेशन अध्यक्ष ओलीले नै उद्घाटन गरेका थिए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...