कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद

धनगढी- कैलाली र कञ्चनपुरबाट भन्सार छलिका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर-३ चौराहबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी २६ हजार ४९० मूल्यको प्याज, चिनी, बिडी, मिठाई, साबुन,याम्पु लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै भजनी नगरपालिका ८ कृष्णनगरबाट ४० हजार मुल्यको प्याज,चिनी, स्प्राईड र टिकापुर नगरपलिका ९ जिरो प्वाईन्टबाट अन्दाजी ३८ हजार ५०० को प्याज, प्लाष्टिकको जाली आईतवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

Navadurga sun

उता कञ्चनपुरको भीमदत्त नगरपालिका ११ चौकीसत्ता र दोधारा चाँदनी नगरपालिका ८ जनज्योति टोल नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका २४ हजार ५० बराबरको भिन्डी, खुर्सानी, बैगन, मटर, कागती, होलीको रंङग, गाजर लगायतका सामान आईतवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...