कञ्चनपुरबाट लाखौँ मुल्यको तस्करीको सामान बरामद

कञ्चनपुर- कञ्चनपुरबाट प्रहरीले लाखौँ मुल्य बराबरको तस्करीको सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीले शुक्रवार अन्दाजी १ लाख ३२ हजार ८४० रुपैँया बराबरका कपडा, सुट, कुर्ती, धागो, कपास, साईकलको सामान, हार्डवेयरका सामान बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

नियन्त्रणमा लिएको सामान भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्ष प्रकाश डाँगीले बताए ।

Loading...