ग्यास लिक भएर आगलागी हुँदा बैतडीका एक युवकको भारतमा मृत्यु

बैतडी- बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ । खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा जिल्लाको पुर्चौडी नगरपालिका – ६ भूमिराज कफलढुङ्गाका २० वर्षिय मदन अवस्थीको भारतको बेंगलोरम मृत्य भएको हो ।

आफन्त स्रोतका अनुसार केहि दिन पहिले कोठामा खाना पकाउने बेला ग्यास लिक भएर आगलागी हुँदा उनी जलेर गम्भीर भएका थिए । आगलागीबाट जलेर गम्भीर भएका अवस्थीको शुक्रबार उपचारको क्रममा अस्पतालमा मृत्यु भएको पुर्चौडी नगरपालिका-६ का वडा अध्यक्ष नरेन्द्र साउदले बताए ।

Loading...