कैलाली र कञ्चनपुरबाट विभिन्न मुद्दाका फरार ४ जना पक्राउ

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- कैलाली र कञ्चनपुरबाट वन मुद्दा, आत्महत्या दुरुत्साहन, कुटपिट मुद्दाका फरार ४ जना दोषी पक्राउ परेका छन् । जिल्ला अदालत कैलाली र कञ्चनपुरको बिभिन्न मितिको फैसलाले उक्त मुद्दामा कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका उनीहरु ४ जना पक्राउ परेका हुन् ।

Malpot office dadeldhura

लागूऔषध मुद्दामा १६ दिन कैद सजाय र २ हजार जरिवाना ठहर भएका धनगढी वडा नम्बर १२ का महेश बहादुर पुजारा र वन मुद्दामा ९० हजार ७३५ जरीवाना ठहर भएका धनगढी ६ का करन चौधरी र आत्महत्या दुरुत्साहन मुद्दामा २ महिना ४ दिन कैद सजायका साथै १० हजार जरिवाना ठहर भएका घोडाघोडी नगरपालिका-९ का राजेश बिक रहेको कैलाली प्रहरीले बताएको छ । उनीहरुलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए ।

त्यस्तै उता कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० का ६२ वर्षीय शेर बहादुर बुढालाई शुक्रवार ईलाका प्रहरी कार्यालय दोधराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । जिल्ला अदालत कञ्चनपुरले २०५७ पुस २० गतेको फैसलाले कुटपिट मुद्दामा ४२२ जरिवाना ठहर भई फरार रहेका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फरार रहेका बुढालाई घरबाटै पक्राउ गरिएको बताएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...