एमाले अछाम अधिवेशनः भीम रावललाई निषेध माथि निषेध प्रयास

अछाम- एमालेका पूर्व उपाध्यक्ष भीम रावललाई एमाले नेताहरूले नै निषेधमाथि निषेध गर्ने गरिरहेको कुरा बाहिर आएको छ। भीम रावललाई पार्टी जिम्मेवारीबाट विमुख राख्न निकै ठुलो चलखेल जारी राखेको र त्यसमा केन्द्र देखि अछाम जिल्ला तह सम्मका नेता कार्यकर्ताहरू सक्रिय रहेको खुलेको हो ।

भीम रावललाई जिम्मेवारी दिएर काममा फर्काउनका लागि जिल्ला कमिटी अछामको बैठकमा रावल समर्थक नेता कार्यकर्ताहरूले प्रस्ताव पेस गरेका भए पनि बैठकका शीर्ष नेताहरूले भने उनीहरूको मागलाई बैठकको एजेन्डामै राख्न अस्वीकार गरेका छन् । त्यही विषयलाई लिएर फागुन २७ गते मंगलसेनमा बसेको जिल्ला कमिटीको बैठक दुई घण्टा सम्म अवरुद्ध भएको बुझिएको छ ।

Navadurga sun

रावल समर्थक एक नेताका अनुसार यस अघि भीम रावलसँग वार्ता गर्न गठित कमिटीको सक्रियता र निष्कर्षमा पुर्याउन माग गरिएको थियो । तर जिल्ला अध्यक्ष चन्द्र बोहरा, प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशी, जिल्ला लाल बहादुर थापा र केन्द्रीय कमिटी सदस्य यज्ञ बोगटीले नेतृत्व गरेको उक्त बैठकमा उनीहरूले एजेन्डा नै समावेश हुन दिएनन् ।

रावल समर्थक नेता कार्यकर्ताको मागप्रति जिल्ला अध्यक्ष बोहरा, जिल्ला इन्चार्ज थापा र प्रदेश अध्यक्ष जैशीले निषेधको भूमिका निर्वाह गरेका थिए भने केन्द्रीय सदस्य बोगटी मौन रहेको एक नेताले बताए। एमालेले २०७९ चैत १८ गते सचिवालय बैठकद्वारा रावलसँग वार्ता गरी निष्कर्षमा पुर्‍याउन तीन सदस्यीय वार्ता टोली बनाएको थियो उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सह इन्चार्ज कर्ण थापा रहेको टोली बनाइएको थियो ।

उक्त टोलीले २०८० वैशाख ३ गते पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा रावलसँग वार्ता गरेको थियो । त्यस दिन भएको कुराकानी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अवगत गराइने बताइएको थियो । त्यसपछि रावललाई पार्टी थप निर्णय लिने भनिएको थियो । तर त्यस यता त्यस सम्बन्धी कुनै क्रियाकलाप भएका छैनन् । जसप्रति रावल समर्थक नेता कार्यकर्ताहरूको चरम असन्तुष्टि छ।

अर्कोतिर यस अघि प्रदेश कमिटीले अछाम जिल्ला अधिवेशन चैत १९/२० गते गर्ने निर्णय गरेको थियो । तर फागुन २७ गते प्रदेश अध्यक्ष नै उपस्थित रहेको जिल्ला कमिटीको बैठकले प्रदेशकै बैठकको निर्णयलाई अवज्ञा गर्दै अधिवेशनको मिति सारेर जेठमा गर्ने निर्णय गरेको बुझिएको छ । एक नेताले भने ‘जेठ महिनामा पनि कति गते गर्ने भन्ने किटान नै गरिएको छैन’ ‘यसको अर्थ जिल्ला अधिवेशनलाई सकेसम्म पछाडि धकेल्न खोजेको जस्तो छ ।’ चन्द्र बोहरा अध्यक्षमा पुनः दोहोरिन चाहन्छन् भने शिव प्रसाद उपाध्याय अध्यक्षका आकांक्षी छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...