कैलाली प्रहरीले थाल्यो ‘‘हाम्रो प्रहरीसँग हामी’ र ‘भविष्य बचाउ’ अभियान

अत्तरिया, ३ साउन– जिल्ला प्रहरी कार्यालय कैलालीले कैलालीमा ‘हाम्रो प्रहरीसँग हामी’ र ‘भविष्य बचाउ’ अभियान सुरु गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालयको नेतृत्व पाएर कैलाली आएका प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रहरी सेवालाई थप प्रभावकारी बनाउन ‘हाम्रो प्रहरीसँग हामी’ अभियान सुरु गर्न लागेको बताए ।

धनगढीमा पत्रकारहरूसँग परिचयात्मक कार्यक्रमको आयोजना गर्दै आइतबार प्रहरी उपरीक्षक अधिकारीले आफ्नो अभियानबारे बताएका थिए। ‘हामी अब फरक फरक बिधाका व्यक्तिहरूसँग अन्तरक्रिया गरेर प्रहरी सेवालाई प्रभावकारी बनाउन लाग्छौँ’ उनले भने ‘त्यो अभियानको सुरु आजबाट भएको छ ।’

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

उनले कैलालीमा पछिल्लो समय लागू पदार्थको दुव्यसनीका घटना बढिरहेको भन्दै ‘भविष्य बचाउ’ अभियान समेत सुरु गर्न लागेको बताए । कैलाली प्रहरीले अब लागू पदार्थ सेवन गर्ने र कारोबार गर्नेहरु विरुद्ध कडा रुपमा प्रस्तुत हुने समेत उनले दाबी गरे ।

उनले प्रहरी कार्यालयमा बिचौलियाहरूको प्रवेश निषेध गर्ने समेत घोषणा गरेका छन् । पीडितहरूको समस्या सोझै आफूले बुझ्ने भन्दै बिचौलियालाई प्रवेश निषेध गर्ने उनले बताएका हुन् । केहि दिन भित्रै ‘बिचौलिया निषेध ’ लेखिएको ब्यानर समेत प्रत्येक प्रहरी कार्यालयमा टाँसिने उनले सुनाए ।

केहि समय अघि कैलाली प्रहरी प्रमुख भएर आएका प्रहरी उपरीक्षक अधिकारीले आइतबार पत्रकारहरूसँग भेटघाट गरेका हुन् ।यस क्रममा उनले कैलालीलाई नमुना जिल्ला बनाउने दाबी गरेका छन् ।

Loading...