गोदावरी-४ को पहाडी क्षेत्र बन्देगाडाबाट जग्गा नापी सुरु

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ को पहाडी बेल्ड मानिने क्षेत्रहरुमा बिहीबार बाट जग्गा नापजाँच सुरु भएको छ ।
यस क्षेत्रको बन्देगाडा, फूलबस्ति, मुरिभावर, चौकिगडा, गैरिगडा, भ्यागुतेपानी, हाटखोली, पट्रेनी, काफलपानी बेलपानीमा जग्गा नापी सुरु भएको छ।

गोदावरी नगरपालिका वडा नं. ४ को पहाडी भेगमा पहिलो पटक सुरु गरिएको नापीको नगर प्रमुख विरेन्द्र भट्टले डीजीपीएस बाट सुरुको पोईन्ट फिक्स गरी नापजाँचको काम अगाडी बढाइएको छ । गोदावरीको वडा नं.४ मा रोकिएको जग्गा नापीको काम बिहीबार गोदावरी नगरपालिका वडा नं. ४ को बन्देगडाबाट शुरु गरिएको हो ।

Navadurga sun

जग्गा नापीको उद्घाटन सत्रमा नगर प्रमुख भट्टले भने गाउँबस्तीमा आपसी मतभेद सँगै समस्या आउछन त्यस्ता समस्या नआउने गरी जति सक्दो छिटो काम सकाउने गरी अगाढी बढाउन प्राबिधिक टिमलाई निर्देशन दिएका छन ।

नगरपालिकाले वडा नम्बर ४ का पहाडी भेगमा रहेका अव्यवस्थित बसोबासी, भूमिहिन दलित, भूमिहीन सुकुम्बासीको जग्गा नापजाँच गर्न सुरु गरेको हो । यस क्षेत्र सँगै वडा नं. ४ का बन्देगाडा, फूलबस्ति, मुरिभावर, चौकिगडा, गैरिगडा, भ्यागुतेपानी, हाटखोली, पटेनी, बेलपानी लगायतका ठाउँहरुमा बिहीबार देखि नै जग्गाको नापजाँच गर्ने काम सुरु भएको अमिन रघुनाथ जोशीले बताए ।

जग्गा नापजाँच कार्यक्रममा प्राबिधिक टिम लगायत स्थानियहरुको उपस्थिति रहेको थियो । यस क्षेत्रको जग्गा नापी उद्घाटन कार्यक्रमको सभापतित्व वडा नं. ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले गरेका थिए भने कार्यक्रम संचालन जिल्ला भूमि आयोगकका सर्वेक्षक विरेन्द्र बहादुर सिंहले गरेका हुन।

ADD Khali jpg
ADD Khali jpg
Loading...