नेकपा एमाले बाजुराको बैठक स्थगित

RBB Bank Suvakamana
Purbadhar dadeldhura

बाजुरा- नेकपा एमाले बाजुराको बैठक स्थगित भएको छ । बिहीबार बस्ने भनिएको बैठक जिल्ला कमिटीको कुल संख्याको गण पुरक नपुगेपछि बैठक स्थगित भएको एमाले बाजुराका अध्यक्ष भरत थापाले बताएका छन् । बिहीबार बस्ने बैठकमा पार्टीको जिल्ला अधिवेशनको तयारीको विषयमा छलफल हुने गरी बस्ने भनिएको थियो ।

पार्टीका जिल्ला कमिटी सदस्य मध्ये ४० जना मात्र बैठकमा सहभागी भए पछि स्थगित भएको एमाले बाजुराका सचिव काँशी वि.क.ले जानकारी दिएका छन् । बैठक बस्नका लागि १६ जना नपुगेकाले पार्टीको बैठक बस्न नसकेको हो ।

पार्टीको विधान अनुसार कुल सदस्य संख्याको ५१ प्रतिशत बैठकमा सहभागी हुनुपर्ने प्रावधान भएकोले उक्त प्रावधान अनुसार जिल्ला कमिटी सदस्य सहभागी नभएपछि अर्को सूचना जारी नभए सम्मका लागि बैठक स्थगित गरिएको नेकपा एमाले बाजुराले जनाएको छ ।

Malpot office dadeldhura

पार्टीको जिल्ला कमिटीको पदाधिकारीको बैठक जिल्ला कमिटीको बैठक बस्नु पहिले बसेर छलफल गरिएको भएपनि जिल्ला अधिवेशन सार्ने वा नसार्ने विषयमा सहमती नभएपछि बैठक नै स्थगित भएको एक स्रोत दाबी रहेको छ ।

बिहीबार विहान पार्टीका पदाधिकारीको बैठकमा अधिवेशन सार्ने र नसार्ने विषयमा विवाद भएकाले बैठक नै नबसेर स्थगित भएको एमालेका निकट एक जिल्ला कमिटी सदस्यले बताएका छन् ।

जिल्ला अधिवेशन चैत १६ र १७ गते सदरमुकाम मार्तडीमा गर्ने गरी मिति तय यस भन्दा पहिले नै भइसकेको छ । जिल्ला अधिवेशनमा भने वर्तमान अध्यक्ष भरत थापा र एमालेका नेता लाल बहादुर ओली अध्यक्ष पदका आकाँक्षी देखिएका छन् ।

अध्यक्ष थापा एमालेका स्थायी कमिटी सदस्य कणर्बहादुर थापा निकट हुन् । भने ओली केन्द्रीय सदस्य लाल बहादुर थापा निकट छन् । उनीहरु बीच पार्टी अध्यक्षका लागि भने रोचक प्रतिष्पर्धा हुने देखिन्छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...