कैलालीका बिभिन्न स्थानबाट लागूऔषध सहित तीन युवक पक्राउ

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- कैलालीका बिभिन्न स्थानबाट लागूऔषध सहित तीन युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-३ ब्यारेलबाट ९५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित अछाम साँफेबगर नगरपालिका-४ बस्ने ३० वर्षीय सन्तोष सुनारलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो ।सुनारलाई प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा लागूऔषध सहित पक्राउ गरेको हो ।

Malpot office dadeldhura

यस्तै कैलालीको गोदावरी नगरपालिका-१ भरतपुर स्थित राम जानकी मन्दिर नजिकबाट २८० मिलिग्राम खैरो हेरोईनसहित सोही ठाउँ वस्र्ने २६ वर्षीय माधब बिष्टलाई पनि बुधवार साँझ प्रहरीले पक्राउ गरेको हो । बिष्टलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता टीकापुर नगरपालिका-३ रामपुरबाट १०० मिलिग्राम खैरो हेरोईन सहित जानकी गाउँपालिका-७ बस्ने २६ वर्षीय राजकुमार चौधरी पनि बुधबार साँझ पक्राउ परेका छन् । चौधरीलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...