बैतडीमा एक जना फरार प्रतिवादी पक्राउ

बैतडी- बैतडीबाट कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत बैतडीको फैसलाले कर्तव्य ज्यान मुद्दामा ८ वर्ष ११ महिना ११ दिन कैद सजाय ठहर भई फरार रहेका बैतडी सिगास गाउँपालिका-२ बस्ने ३८ वर्षीय राजेन्द्र सिंह धामीलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो ।

धामीलाई प्रहरी चौकी गाँजरी बैतडीबाट खटिएको प्रहरी टोलीले मंगलवार साँझ गाजँरी बजारमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Loading...