वृद्धभत्ताको ३९ लाख चोरी आरोपमा वडा सचिव पक्राउ

बझाङ, २ साउन- बझाङको बुंगल नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रुपैयाँ चोरीको अभियोगमा वडा सचिव र प्राविधिक सहायक पक्राउ परेका छन् ।

बुुङ्गल नगरपालिका वडा नं. ९ र ११ को वडा सचिवको रुपमा कार्यरत उपेन्द्र महतो र प्राविधिक सहायक खड्कबहादुर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दुुवै वडाको सामाजिक सुरक्षा भत्ता वापतको ३९ लाख रकम सचिव र प्राविधिक सहायकले चोरी गरेको अभियोग लागेपछि शुुक्रबार उनीहरुलाई पक्राउ गरिएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काले जानकारी दिए ।

Navadurga sun

उनीहरु दुवैजना विरुद्ध अपराधिक लाभ र विश्वास घातसम्बन्धी कसुरमा अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद लिएको डीएसपी खड्काले बताए । सामाजिक सुरक्षा भत्ता वितरणका लागि बैँकबाट झिकेर वडा सचिव महतोको कोठामा राखेको अवस्थामा रकम चोरी गरिएको भन्दै वडा नम्बर ११ का अध्यक्ष रामबहादुर बोहराले जाहेरी दिएका थिए। उक्त रकम असार २९ गते महतोको कोठाबाट हराएको जानकारी आएको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...