नेपाल यातायात मजदुर संघ गोदावरी नगर कमिटिको अध्यक्षमा भट्ट

अत्तरिया, २ साउन– नेपाली काँग्रेस निकट टेड्र युनियान नेपाल यातायात मजदुर संघ कैलाली गोदावरी नगर कमिटिको अध्यक्षमा हरिप्रसाद भट्ट चयन भएका छन् ।

Dadeldhura hospital

शनिबार अत्तरियामा सम्पन्न भएको नगरस्तरिय भेलाले भट्टको अध्यक्षतामा ९ सदस्ययी कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा भोजराज भट्ट, सचिवमा रामबहादुर कडायत, सह–सचिवमा नविन भट्ट रहेका छन् । यस्तै गरी सदस्यहरुमा राजकुमार बोहरा, राजेन्द्र विष्ट, दिनेश खड्का र भरत बुढा रहेका छन् ।

Navadurga sun
Godawari sandesh

संघका प्रदेश अध्यक्ष केशव पन्तको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा तेज खड्का, राजेन्द्र खड्का, गणेश पाण्डेय, शिवराज भट्टराई लगायतको उपस्थित रहेको थियो ।

Loading...