धनगढीमा जंगली बदेल र चित्तलको मासु बरामद

धनगढी- धनगढीमा जंगली बदेल र चित्तलको मासु बरामद गरिएको छ । आइतबार प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ बाट जंगली बदेल र चित्तलको ६१ किलो मासु बरामद गरेको हो ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी कैलाली गाउँबाट खटिएको टोलीले से २ प ३७९६ नम्बरको मोटरसाइकलमा बेवारिसे अवस्थामा उक्त मासु बरामद गरेको कैलालीका डीएसपी कुलदीप चन्दले बताए ।

जंगली बदेलको जस्तो देखिने ३८ किलो र चित्तलको जस्तो देखिने १६ किलो गरेर ६१ किलो मासु बरामद गरिएको उनले बताए । बरामद गरिएको मोटरसाइकल र मासु आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । वन अधिकृत किशोर कुमार धामीले वनको टोली तथा प्रहरी प्रशासनको रोहबरमा खाल्डोमा पुरीएको बताएका छन् ।

Loading...