कैलालीबाट सिद्रा माछा लगायतका सामान बरामद

Dadeldhura hospital

धनगढी- कैलालीबाट सिद्रा माछा लगायतका सामान बरामद गरिएको छ। टीकापुर नगरपालिका-७ सत्ती बजारबाट १९ हजार १०० मूल्यको सिद्रा माछा र प्याज लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै धनगढी उपमहानगरपालिका-३ चौराह नजिकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १० हजार ४२० मूल्यको प्याज, मिश्री, मिठाई, सरप, चक्लेट, खुर्सानी लगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जम्मा २९ हजार ५२० मूल्यको सामान बुधवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो।

Navadurga sun
Godawari sandesh
Loading...