कञ्चनपुरको एक घरमा आगलागी

कञ्चनपुर- कञ्चनपुरको एक घरमा आगलागी भएको छ। जिल्लाको भीमदत्त नगरपालिका १९ लक्ष्मी टोल स्थित जय बहादुर ऐरको दुई तल्ले कच्चि घरमा बुधवार दिउँसो आगलागी भएको हो।

आगलागी हुँदा घर भित्र रहेको भुसा, काठ, पराल लगायतका सामान गरी अन्दाजी २ लाख ५० हजार बराबरको धनमाल जलेर नष्टभएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...