Division ban Pahalmanpur

त्रिशूलीमा बस खस्दा ५ जनाको मृत्यु, ३८ जनाको उद्धार

Sostya office Dadeldhura
Purbadhar dadeldhura

काठमाडौँ – धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । रुपन्देहीबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता नायव उपरीक्षक (डीएसपी) सन्तु जैसवालले जानकारी दिए ।

Malpot office jogbudha

सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४:४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो । बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको डीएसपी जैसवालले बताए ।

उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ ।उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...