लागु औषध सहित दुई जना पक्राउ





धनगढी, १ साउन- कैलालीमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । जिल्लाको टीकापुर नगरपालिका वडा नं.७ का ३६ वर्षीय लोकेन्द्र साउद र २८ वर्षीय धनबहादुर सुनारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।



जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक बिष्टले लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरु दुवै जनालाई टीकापुर नगरपालिका वडा नं. ६ को नारायणपुर शिबिरबाट पक्राउ गरिएको जानकारी दिए ।


उनीहरुको साथबाट १४.९७ ग्राम खैरो हिरोइन बरामद गरिएको हो । दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



