बाजुरामा ट्याक्टर दुर्घटना

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

बाजुरा- बाजुरामा ट्याक्टर दुर्घटना भएको छ । मार्तडी कोल्टी सडक खण्डमा पर्ने खडुकामा शनिवार सुपप्र ०१ ००२ त ५०५५ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा चालक गौमुल गाउँपालिका-६ घर भई मार्तडी बस्दै आएका अन्दाजी ५० वर्षीय गोरख रोकाया घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरा लगिएकोमा धनगढीको सेती प्रादेशिक अस्पताल रिफर गरिएको प्रहरीले बताएको छ । कोल्टीबाट मार्तडी आउँदै गरेको ट्याक्टर अनियन्त्रित भई खडुका भीरबाट करिव ६० मिटर तल खसेको बताइएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...