कञ्चनपुरमा एक घरमा आगलागी

Purbadhar dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा एक घरमा आगलागी भएको छ । जिल्लाको बेलौरी नगरपालिका–२ टेडुवाका राजु खुनाको घरमा आगो लागेको हो ।

Malpot office dadeldhura

प्रदेश प्रहरीका अनुसार राजुको तीन कोठाको कच्ची घरमा शनिवार लागेको आगोका कारण ५० हजार बराबरको क्षति भएको छ । उनको घरमा रहेको अन्न, लत्ता कपडा जलेका हुन् ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । विद्युतको तार सर्ट भएर आगो लागेको बताइएको छ । तर, प्रहरीले घटनाको थप अनुसन्धान गरि रहेकाे जनाएकाे छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...