छोरी बलात्कार गर्ने बाबुलाई जन्मकैदको सजाय




बाजुरा, १ साउन- आफ्नै छोरी बलात्कार गर्ने बाबुलाई जिल्ला अदालत बाजुराले जन्मकैदको सजाय सुनाएको छ । जिल्लाको बुढीगंगा नगरपालिकाका एक ६७ वर्षीय पुरुषविरुद्ध आफ्नै छोरीलाई जबरजस्ती करणी र हाडनाता करणी मुद्दाअन्तर्गत जन्मकैद फैसला गरेको जिल्ला अदालतले जनाएको छ ।



अदालतले १४ वर्षीया छोरीलाई जबरजस्ती करणी र हाडनाता करणी गरेको भन्दै मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ९१० र २१९ ९२० बमोजिम जन्मकैद अर्थात् २५ वर्ष कैद र ५० हजार नगद जरिवाना तोकेको छ । जिल्ला अदालत बाजुरामा २०७७ साउन २२ गते जबरजस्ती करणी र हाडनाता करणी अन्तर्गत मुद्दा दर्ता भएको थियो ।


बलात्कार गरेपछि बालिकाको पेटमा गर्भ रहेको खुलासा हुँदा घटना बाहिरिएको थियो । कक्षा ६ पढ्दै गरेकी बालिका महिनावारी भएको एक वर्ष पुगेको अवस्थामा भएको बलात्कारबाट उनको पेटमा गर्भ रहेको थियो ।



