कञ्चनपुरमा लागूऔषध सहित ४ जना पक्राउ

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषध सहित ४ जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका-८ कलकत्ताबाट २.०२ ग्राम लागूऔषध सहित बेल्डाडी गाउँपालिका-३ बैवाह बस्ने १९ वर्षीय सुदिप चौधरीलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ । चौधरीलाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित फेला पारी पक्राउ गरेको बताएको छ ।

यस्तै भीमदत्त नगरपालिका-१३ भाईरल रोडबाट ४० ग्राम लागूऔषध सहित भीमदत्त नगरपालिका-१२ र १३ बस्ने ३ जना किशोरलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झोलुङ्गे, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित उनीहरुको साथबाट खुकुरी १ थानसमेत फेला पारी तीनै जनालाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...